स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक पक्राउ

84
Shares

सिराहा । सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ५, औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

बरियारपट्टी बजारबाट हुलाकी सडकमा पर्ने दरहिया चोक हुँदै स १० प ४०५ नम्बरको मोटरसाइकल चढेर आइरहेका बरियारपट्टी गाउँपालिका– ३, शिवनगर गाउँका करिब २१ वर्षीय सञ्जीवकुमार यादवलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आउँदै गरेका उनीमाथि शंका लागेपछि रोकेर चेकजाँच गर्दा एक हजार रुपैयाँ दरका एक हजार चार सय थान नोट बरामद भएपछि रकमसहित पक्राउ गरिएको हो ।

नगदसहित पक्राउ गरिएका यादवलाई मोटरसाइकलसमेत जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।