
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर–२ सुकौराबेसीस्थित कुलेखानी फाखेल काठमाडौँ सडकखण्डमा स्करपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
वीरगंजबाट काठमाडौंतर्फआइरहेको ना४च ९७७७ नम्बरको स्करपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको हो ।
दुर्घटनामा स्करपियो चालक बारा, कलैया–२ का वर्षीय बिजय यादव, बारा कलैया–७ बरेवाका ५० वर्षीय सन्तोषकुमार गुप्ता, उनकी पत्नी ४० वर्षीया शोभा गुप्ता र छोरा १६ वर्षीय अनमोल गुप्ता घाइते भएका छन् ।








प्रतिक्रिया