
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भेगमा आंशिक बादल लागेको र बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको छ।
गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भेगको थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ।
सोमबार तराई भेगका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भेगमा आंशिक बादल लाग्नेछ र बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ ।










प्रतिक्रिया