सुनसरीबाट हतियार र लागुऔषधसहित भारतीय नागरिक नियन्त्रणमा

35
Shares

सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरी बाट पेस्तोलसहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ ।

इटलीमा बनेको पेस्तोल र त्यसको ३ राउन्ड गोलीसहित भारतको अररिया ग्रामपंचायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई कोशी गाउँपालिका–३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बरप्लेटको मोटरसाइकलमा नेपाल आउँदै गरेका पासवानका साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८० तथा र मोटरसाइकल समेत बरामद भएको छ ।

यसैबीच निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनीका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले निर्देशन दिएका छन् ।

डिआइजी थापाले इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमा नाका अनुगमन गर्दै सीमा बाट हुने अबैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाइ निर्देशन दिएका छन् ।