
काठमाडौं । पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।
अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका प्रसाईँलाई मंगलबार जमानीमा रिहा गरिएको हो ।
उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको बताइएको छ ।
निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउने, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएको र त्यसका लागि रकम लगानी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो ।
कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका प्रसाईंले उक्त विषयको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।








प्रतिक्रिया