एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

जस मध्येमा चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।