नेप्सेमा १०.२९ अंकको गिरावट, कारोबार बढ्यो


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले घटेर २६१०.६३ बिन्दुमा सीमित भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से १२.८३ अंकले घटेको थियो ।

आइतबार नेप्सेमा कुल ५ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल ४ अर्ब ६० करोड माथिको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आइतबार वीन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रिटेक इन्टडष्ट्रिजको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सान्भी इनर्जीको सेयर मूल्य ९.१६ प्रतिशत सुधार भएको छ ।