
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्से १०.८७ अंकले बढेर २६३३.७६ बिन्दुमा कायम थियो । बिहीबार नेप्सेमा कुल ४ अर्ब ७१ करोड माथिको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ५ अर्ब ५ करोड माथिको कारोबार भएको थियो ।
नेप्सेमा बिहीबार कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्दा १८९ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








प्रतिक्रिया