धितो लिलाम सुरु भएपछि कर्जा नियमित भएमा खराब कर्जामा वर्गीकरण गर्नुनपर्ने

1.1k
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा वर्गीकरण सम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ ।

सोमबार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै लिलामी प्रक्रिया सुरु भएपश्चात् कर्जा नियमित भएको खण्डमा उक्त कर्जालाई खराब वर्गमा वर्गीकरण गरिरहन अनिवार्य नहुने व्यवस्था गरेको छ ।

यसअघि कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया सुरु भएको वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा भएमा खराब कर्जामा वर्गीकरण गर्नुपर्ने व्यवस्था थियो ।

यस्तै २ अर्ब वा सोभन्दा माथिको कर्जा सहवित्तीयकरणमा लगानी गर्नुपर्ने व्यवस्थामा पनि केही परिमार्जन भएको छ । अब पारिपासु सम्झौता गरीएका नवीकरण नहुने प्रकृतिका अल्पकालीन चालुपुँजी कर्जा भने २ अर्बभन्दा माथि भए पनि अब सहवित्तीयकरण अनिवार्य नहुने भएको छ ।