सगरमाथा इन्स्योरेन्सद्धारा भुकम्पको सबैभन्दा ठूलो दाबी भुक्तानी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बि. स. २०७२ सालमा गएको भुकम्पबाट भएको क्षतिको कारणबाट परेका दाविहरु मध्ये सबैभन्दा ठूलो दाबीको भुक्तानी गरेको छ। काठमाडौंको धापासीमा रहेको बरुण डेभलपर्सद्वारा निर्माण गरिएको पार्क होराइजन एपार्टमेन्टको क्षति संबन्धी दाबीको ३१ करोड रुपैयाँ भुक्तानी गरेको छ।
भुकम्पबाट भएको क्षतिको कारणबाट परेका दाविहरु मध्ये कंपनीबाट कुनै एक बिमालेखमा गरिएको यो नै सबैभन्दा ठुलो रकमको दावि भुक्तानी हो। योसँगै कम्पनीले भुकम्पको समयमा परेका करिब २८ सय दाबीहरु फर्छ्योट गरेको छ।
कम्पनीले १ करोड रुपैयाँभन्दा माथीका २५ वटा दाबीहरुको भुक्तानी गरेको छ । जसमा वेस्टार प्रपर्टिज प्रा. लि. लाई १९ करोड ७६ लाख ५ हजार, सांग्रिला हाउजिङ्ग प्रा. लि. लाई ६ करोड ८७ लाख ७८ हजार, युनिक हाईडेल कम्पनीलाई ५ करोड ९६ लाख २६ हजार, कृष्णबहादुर गुरुङलाई ५ करोड ५५ लाख ६६ हजार र बज्र एण्ड साँग्रिला रेसिडेन्सी प्रा.लिलाई ५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
त्यसैगरी रोयल आर्किड डेभलपर्स प्रा.लि. ४ करोड ८७ लाख ६४ हजार, कान्तिपुर पब्लिकेशन प्रा. लि. लाई ३ करोड ३१ हजार, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई २ करोड ५ लाख ४८ हजार र कोङ्गदी होटललाई २ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
त्यसैगरी हिमालयन डिकोर रग्सलाई १ करोड ९९ लाख ९९, पवन फुँयाललाई १ करोड ८९ लाख ९९ हजार, शेर्पा साँग्रिला रिसोर्टलाई १ करोड ८० लाख, सिभिल स्टेट प्रालि.लाई १ करोड ६० लाख, सिभिल बिजनेश कम्प्लेक्स प्रालिलाई १ करोड ५९ लाख ५० हजार, ट्रान्सट्रिप गार्मेन्ट इन्डष्ट्रिज प्रालि. १ करोड ५० लाख, बैंक अफ काठमाण्डूलाई १ करोड १८ लाख ५८ हजार, बरुण बेभरेज नेपाललाई १ करोड १७ लाख ८५ हजार, प्लाटिनम डेभलपर्सलाई १ करोड १५ लाख ३१ हजार, निमा मोक्तान र कान्छिनानी तामाङनीलाई १ करोड १३ लाख ५० हजार, दिपज्योति शैक्षिक प्रष्ठिानलाई १ करोड ९ लाख ७४ हजार र जगत लाल शाहीलाई १ करोड ४ लाख २१ हजार रुपैयाँभुक्तानी गरेको हो ।
कंपनीले सह विमा अन्तर्गत अन्य कंपनीबाट पर्न आएका दाविहरु मध्ये हिमालयन जनरल इन्स्योरेन्स सँगको (डाउन टाउन हाउजिङ) लाई २ करोड ३६ लाख ११ हजार र नेको इन्स्योरेन्ससँगको (अश्विनि मेडिकल कलेज एण्ड हस्पिटल) लाई १ करोड ८३ लाख ६२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
यी लगाएत अन्य स-साना दाविहरुको भुक्तानी सहित उक्त भुकम्पबाट श्रृजित दाविहरुको भुक्तानीमा कंपनीले करिव १ अर्ब ५७ करोड रुपैयाँ हाल सम्म भुक्तानी गरिसकेको जानकारी दिएको छ ।