मानव संसाधनको विकास गर्न ‘ह्यूमन क्यापिटल कन्फ्रेन्स’ आयोजना
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई)ले राजधानीमा ह्यूमन क्यापिटल कन्फ्रेन्स आयोजना गरेको छ । यस सम्मेलनको उद्घाटन एनबिआईको सञ्चालक समितिका सदस्य उपेद्र पौडेल र आईडिएफसि बैंककी वरिष्ठ कार्यकारी भाइस प्रेसिडेन्ट मानव संसाधन हार्लिना सोधीले संयुक्त रुपमा गरेका थिए ।
उपस्थित सभालाई संबोधन गर्दै पौडेलले संस्थाले अगिंकार गर्ने संस्कृतिको पहिचान गर्न संस्थाले नै यसमा जोडदिनु पर्ने बताए ।
एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले मानव संसाधन मानव स्रोतलाई महत्वपूर्ण संसाधनको रुपमा रुपान्तरित गरी उत्पादत्वमा वृद्धि गर्न आजका आवश्यक्ता रहेको र यसलाई माथि तहका कर्माचारीदेखि सन्चालक समितीका पदधिकारी समेतको ध्यानआकर्षण हुनुपर्नेमा जोड दिए ।
नेपाल बैकिङ्ग एसोसिएसनका उपाध्यक्ष अनुकुल भटनागरले अबको वित्तिय पहुच ग्रामिण क्षेत्रमा हुने हँुदा मानव संसाधनलाई ग्रामिण उन्मुख हुन सल्लाह दिए ।
आईडिएफसि बैंककी वरिष्ठ कार्यकारी भाइस प्रेसिडेन्ट मानव संसाधन हार्लिना सोधीले आफ्नो प्रस्तुतिमा सिकाई र क्षमता वृद्धिमा प्रविधिमा जोड दिनु पर्ने बताईन् ।
कार्यक्रममा आयोजित प्यानल डिस्कसनमा नेपाल एस बि आई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर, हार्लिना सोधी र मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले अहिलेको बदलिदो परिस्थितिमा मानव संसाधन व्यवस्थापनको चुनौति र अवसरबारे प्रकाश पारे ।
यस सम्मेलनमा १५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाको कर्मचारीहरु सहभागी भएको आयोजकले जानकारी दिएको छ ।