सरकार गल्यो, अघोषित रुपमै चल्यो फेसबुक

805
Shares

काठमाडौं । जेनजी आन्दोलनसँगै सरकारको चौतर्फी विरोध र अवैध रुपमा भीपीएन र डीइएनएसबाट सामाजिक सञ्जाल चलाउन थालेपछि इन्टरनेट सेवाप्रदायकलहरुले अवैध बाटोको लोड धान्न नकसेपछि अघोषित रुपमै फेसबुकसहितका सामाजिक सञ्जाल खुला गरिदिएका छन् ।

इन्टरनेट सेवाप्रदायकहरुको संस्था नेपाल (आइसपान)का अध्यक्ष सुधीर पराजुली सरकारले निर्णय नगरेकोले सामाजिक सञ्जाल खुला गर्ने निर्णय नभएको र नेपाल दूरसञ्चार प्राधिकरणबाट कुनै निर्देशन नआएसम्म कुनै पनि सामाजिक सञ्जाल खुला भएको भन्न नमिल्ने बताउँछन् । तर सेवाप्रदायकहरुले फेसबुकलाई खुला गरिदिन भने थालेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले पनि औपचारिक रुपमा कुनै निर्णय नभएको र सरकारले पनि कुनै निर्देशन नदिएका कारण प्राधिकरणले सेवाप्रदायकलाई कुनै निर्देशन दिएको छैन् । उनले भने ‘प्राधिकरणले सरकारको निर्णय कार्यान्वयन मात्रै गरेको हाे । सरकारले दिएको निर्देशन पालना गर्ने काम मात्रै हामीले गरेको हाे ।’