
एजेन्सी । भारतको झारखण्डमा रहेको चाइबासामा आइतवार सुरक्षाकर्मीसँगको भिडन्तमा अमित हंसदा नामक माओवादी नेताको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार, हंसदा माओवादीका जोनल कमान्डर थिए र उनका विरुद्ध १० लाख भारुको इनाम राखिएको थियो ।
उनीबाट एसएलआर राइफल लगायतका हतियारहरू सुरक्षाकर्मीले बरामद गरेका छन् ।
हंसदालाई सेन्ट्रल रिजर्भ पुलिस फोर्सको कोब्रा बटालियन र जिल्ला प्रहरस्को संयुक्त कारवाहीमा मारिएको झारखण्ड प्रहरीका प्रवक्ता माइकलराज एसले बताएका छन् ।








प्रतिक्रिया