सरकारको सम्पर्कमा आयो फेसबुक, बन्द नहुने सम्भावना

1.8k
Shares

काठमाडौं । सामजिक सञ्जाल फेसबुकले दर्ता तथा सूचीकरण प्रक्रियामा चासो देखाएको छ ।

सरकारले दर्ता तथा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेसँगै फेसबुकले दर्ता प्रक्रियाका विषयमा चासो देखाएको हो ।

बिहीबारबाट सरकारले सूचीकरण तथा दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको थियो ।

सो बमोजिम साँझ पाँच बजे फेसबुकले दर्ता तथा सूचीकरण प्रक्रियाका बारेमा नेपालसँग जानकारी मागेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी (उपसचिव) रबिन्द्रप्रसाद पौड्यालका अनुसार दर्ताका लागि के के चाहिन्छ भनेर आवश्यक प्रक्रिया र डकुमेन्टको विषय फेसबुकले सोधेको छ ।

‘दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्ने प्रक्रिया अगाडि बढेसँगै फेसबुकले दर्ता तथा सूचीकरण प्रक्रिया र आवश्यक कागजातको विषयमा इमेल पठाएको सोधेको छ,’ पौड्यालले भने, ‘समय थप चाहियो वा दर्ता हुन्छु भनेको छैन । प्रक्रिया मात्रै बुझेको हो ।’