
एजेन्सी । स्पेनको राजधानी मड्रिडबाट फ्रान्सको राजधानी पेरिस जानका लागि उडेको आइबेरिया एयरबस विमानमा चरा ठोकिएर क्षति पुगेको खतरनाक भिडियो सार्वजनिक भएको छ ।
एयरोटाइमलाई दिएको बयानमा आइबेरिया एयरलाइन्सले उडान नम्बर आईबी५७९ उडेको केही समयपछि नै त्यसमा ठूलो चरा आएर अगाडिपट्टि ठोकिएको जनाएको छ ।
उक्त विमानमा रहेका एक यात्रुले यस क्षणको भिडियो बनाएका छन् ।
जियानकार्लो सान्डोभाल नामक ती यात्रुले विमानका पाइलटबाट टर्बुलेन्सको कुरा सुनेको तर पछि आवाज आउन थालेकाले केही भइरहेको भन्ने थाहा पाएको बताए ।
विमानमा चरा ठोकिएपछि क्याबिनमा धूवाँ भरियो र यात्रुहरूले अक्सिजन मास्क लगाए ।
विमानका सम्पूर्ण कर्मचारीहरूले व्यावसायिक रूपमा परिस्थिति सम्हालेको र यात्रुहरूको हेरविचार गरेको आइबेरियाले जनायो ।
यसरी चरा ठोकिँदा विमानमा क्षति पुग्ने सम्भावना १० प्रतिशत मात्र हुन्छ । तर, यो घटनामा निकै ठूलो क्षति पुगेको देखियो । इन्जिनमै असर गरेको हुनाले क्याबिनमा धूवाँ आइपुग्यो ।
घटना गत आइतवार स्थानीय समयअनुसार साँझ ६ः४० मा भएको थियो ।
उक्त विमान एक महिनाअघि मात्र सञ्चालनमा आएको थियो ।
घटनामा विमान कर्मचारी र यात्रुहरू सकुशल रहे ।








प्रतिक्रिया