चीनमा बाढीपहिरोका कारण ३४ जनाको मृत्यु, बगे गाडीहरू (भिडियो)

63
Shares

एजेन्सी । चीनको राजधानी बेइजिङमा अविरल वर्षाका कारण आएको बाढीमा परेर ३४ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

मियुन क्षेत्रमा बढी क्षति पुगेको छ । त्यहाँ मात्र २८ जनाको मृत्यु भएको हो । त्यो मुख्य शहबाट निकै टाढा रहेको छ ।

सोमवार रातभरि मुसलधारे वर्षा भएको हो । वर्षाका कारण विस्थापित भएका ८० हजारभन्दा बढी मानिसलाई बेइजिङ ल्याइएको छ ।

त्यस्तै सोमवार आएको पहिरोका कारण खबे प्रान्तको लुआनपिङ काउन्टीको ग्रामीण क्षेत्रमा चारजनाको मृत्यु भएको छ । अन्य आठजना हराइरहेका छन् । सञ्चार प्रणाली ठप्प भएकाले मानिसहरूले आफन्तसँग संवाद गर्न पाएका छैनन् ।

सोमवार मध्यरातमा बेइजिङमा १६ सेन्टीमिटरभन्दा बढी पानी परेको थियो । मियुनमा त भरन् ५४ सेन्टीमिटर पानी परेको थियो ।

मियुनमा रहेको जलाशयमा जलस्तर अत्यधिक बढेपछि अधिकारीहरूले पानी छोडेका थिए । तल्लो तटीय क्षेत्रमा रहेका मानिसलाई नदीहरूबाट परै बस्न अधिकारीहरूले आग्रह गरेका छन् ।

पानीसँगै आएको आँधीले बेइजिङमा रहेका १३० भन्दा बढी गाउँमा बिजुली गएको छ । कम्युनिकेशन लाइनहरू ध्वस्त भएका छन् । सडकका ३० भन्दा बढी खण्डहरूमा क्षति पुगेको छ ।

भीषण बाढीका कारण कारहरू बगेका छन् । मियुनमा बिजुलीका खम्बाहरू लडेका छन् ।