गोल्छाले बेच्छन् २.१५ लाखदेखि १० लाखसम्मका मोटरसाइकल, कुन बाइकको मूल्य कति ?

784
Shares

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफूले बिक्री गर्ने दुई पांग्रे तथा तीन पांग्रे सवारीसाधनको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले सवारी तथा ढुवानी साधन आयात गर्ने कम्पनीहरुको अधिकतम खुद्रा मूल्य सूची सार्वजनिक गर्नुपर्ने व्यवस्था बमोजिम आफूले बिक्री वितरण गर्ने सवारीसाधनको मूल्य सूची निकालेको हो ।

उक्त सूचीअनुसार हंशराज हुलासचन्दले बजाज ब्रान्डका २ लाख १४ हजार ९०० रुपैयाँदेखि १० लाख रुपैयाँसम्मका मोटरसाइकल रहेको देखिएको छ ।

बजाजको प्लेटिना १०० ईएस मोडेलको खुद्रा मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ छ । डिस्कभर १२५ डिस्क मोडेलको मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ भने डिस्कभर १२५ एसटी मोडेल २ लाख ५६ हजार ९०० रुपैयाँमा उपलब्ध छ।

यसैगरी, पल्सर १२५ नियन मोडेलको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ । पल्सर १५० एसडीको खुद्रा मूल्य ३ लाख १३ हजार ९०० रुपैयाँ र पल्सर १५० टीडीको मूल्य ३ लाख ३२ हजार ९०० रुपैयाँ छ । पल्सर एन १५० एबीएस बीएस ६ को मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ छ भने पल्सर एन १६० डबल डिस्क एबीएस बीएस ६ मोडेलको मूल्य ४ लाख ४ हजार ९०० रुपैयाँ छ ।

पल्सर एन २५० डबल डिस्क एबीएस बीएस ६ मोडेल ४ लाख ५७ हजार ९०० रुपैयाँमा पाइन्छ भने सोही मोडेलको नयाँ संस्करणको मूल्य ४ लाख ९८ हजार ९ सय रुपैयाँ राखिएको छ । पल्सर २२० एफ एबीएस मोडेल ४ लाख १४ हजार ९०० रुपैयाँमा उपलब्ध छ भने पल्सर १२५ एनएस एफआई बीएस ६ को मूल्य ३ लाख रुपैयाँ ९०० रुपैयाँ छ । पल्सर १६० एनएस एफआई डबल डिस्क एबीएस बीएस ६ मोडेलको खुद्रा मूल्य ३ लाख ९० हजार ९०० रुपैयाँ छ ।

डोमिनार ४०० एबीएस बीएस ६ मोडेलको मूल्य ६ लाख २० हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, म्याक्सिमा सि पेट्रोल (तीन पांग्रे) मोडेलको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ छ भने आरई ४एस पेट्रोल बीएस ६ मोडेलको खुद्रा मूल्य ६ लाख ९ हजार ९०० रुपैयाँ राखिएको छ ।

हंशराज हुलासचन्दले नै बिक्री गर्ने केटीएम-३९० एडभेन्चर मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ