अमेरिकाको मिशिगनमा सानो विमान दुर्घटनाग्रस्त, २ जनाको मृत्यु (भिडियो)

189
Shares

एजेन्सी । अमेरिकाको मिशिगन राज्यमा रहेको लावल सिटी एयरपोर्ट नजिक सानो विमान दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमवार अपराह्न साढे ४ बजे भर्गेनेस स्ट्रीट र लिंकन लेक एभेन्युको बीचमा विमान दुर्घटना भएको थियो ।

विमान एउटा भण्डारण केन्द्रमा ठोकिएपछि त्यसमा आगो लागेको थियो ।

त्यो सानो विमान आल्पेनाबाट टेकअफ गरेर ग्रान्ड र्यापिड्स एरियामाथि उडिरेहको बेलामा अचानक खसेको थियो ।

दुर्घटनामा केभिन लरेन्स र पल शाल्कको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको कारणका विषयमा अनुसन्धान भइरहेको छ ।