नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारबाट बाहिरिने निर्णय


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

‘हामी संसदीय दलको बैठक बसेका थियौं,’ अध्यक्ष रन्जिता श्रेष्ठले भनिन्, ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’

नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् । श्रेष्ठले आज प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने जानकारी दिइन् ।

‘उहाँले पनि भोलि राजीनामा बुझाउनुहुन्छ,’ उनले भनिन्, ‘हामी सदनलाई पनि भोलि नै जानकारी गराउँछौं ।’

Skip This