
काठमाडौं । ५२ पदाधिकारीहरु नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठाइएको मुद्दामा बुधबार निर्णय आउँदैछ ।
सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा बुधबार निर्णय सुनाउन लागेको हो ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठाउँदै मुद्दा सर्वोच्च अदालत पुगेको थियो ।
तर, सर्वोच्चले करिब साढे ४ वर्षपछि मुद्दाको निर्णय सुनाउन लागेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले १ जेठमा मुद्दाको सबै सुनुवाइ सकेपछि बुधबारका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।








प्रतिक्रिया