गभर्नरसँग एमाले सांसद सूर्य थापाको प्रस्ताव: नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौं

301
Shares

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् ।

सोमवार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् । उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए ।

पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने उनको भनाइ छ ।

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उनले भने,‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए ।