राजावादीद्वारा उपत्यका बन्द कार्यक्रम फिर्ता

364
Shares

काठमाडौं। जेठ १५ गतेदेखि आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले आज घोषणा गरेको बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

समितिका संयोजक नवराज सुवेदीले बिज्ञप्ती जारी गर्दै उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जनाएका छन् ।

प्रर्दशनको क्रममा आइतबार हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए ।