भारत-पाकिस्तानबीच बमबारी: नेपालमा सुरक्षा परिषद बैठक, सीमा नाकामा कडाइ

546
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् । बुधबार अपराह्न सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेनापति निर्मलकुमार थापा, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतका उच्चपदस्थ अधिकारी सहभागी भएका छन् ।

भारत-पाकिस्तानबीच युद्धको स्थितिमा खुला सीमा भएकाले नेपालले समयमै सतर्कता अपनाउन खोजेको हो । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सीमा नाकाहरूमा कडा निगरानी बढाइएको छ । सशस्त्र प्रहरीलाई सीमामा आवतजावत नियन्त्रण गर्न जिम्मेवारी दिइएको छ भने सम्बन्धित सबै युनिटहरूलाई उच्च सतर्कतामा राखिएको छ ।

भारतको पुलवामा आतंकवादीले २६ जनाको हत्यापछि संदिग्ध व्यक्तिहरू नेपाल प्रवेश गर्न नदिन भारतीय सुरक्षा निकायले चासो राखेको छ ।

भारतले पाकिस्तान नियन्त्रित कश्मीरमा मिसाइल आक्रमण गरेपछि दुई देशबीच बमबारी भएको छ ।