
काठमाडौं । एक करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दामा फरार व्यापारी अमित अग्रवाल पक्राउ परेका छन् ।
जिल्ला अदालत काठमाडौँबाट झण्डै दुई वर्षअघि बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड जरिवाना ठहर भएका ४७ वर्षीय अग्रवाललाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि अदालतसमक्ष बुझाइएको प्रहरीले जनाएको छ ।
ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई २०७८ फागुनमा पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो । त्यतिबेला धरौटीमा रिहा भएका अग्रवाल फैसलापछि भने फरार रहँदै आएका थिए ।








प्रतिक्रिया