
पोखरा । हावाहुरी सहितको वर्षाका कारण फेवातालमा फसेका आठ जनाको सकुशल उद्धार गरिएको छ ।
डुंगा चढेर फेवाताल घुम्न निस्किएका ती व्यक्तिहरू अचानकको हावाहुरी र वर्षाले तालमा फसेका थिए । सोही क्रममा एउटा डुंगा पल्टिएको थियो ।
उक्त डुंगामा सवार भरतपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरु दुवै जनाको अवस्था सामान्य छ।
डुंगामा सवार अन्य ६ जनाको पनि सकुशल उद्धार गरिएको छ । तालबाराही मन्दिर दर्शनका लागि गएका केहीलाई पनि सुरक्षित स्थानमा ल्याइएको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया