
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत अवस्थामा फेला परेकी प्रिसा साहको अन्त्येष्टि भारतमै गरिएको छ । उनका अभिभावक अन्त्येष्टिपछि सोमबार नेपाल फर्कंदै छन् ।
प्रिसा साह वैशाख १८ गते केआईआईटी होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार, उनको पार्थिव शरीरको अन्त्येष्टि शनिबार साँझ भारतमै गरिएको हो ।
वीरगन्ज महानगरपालिका–१५ अन्तर्गत भिस्वा टोलका बासिन्दा प्रिसाको मृत्यु प्रकरणमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको दूतावासले बताएको छ । प्रारम्भिक अनुसन्धान अनुसार यसलाई आत्महत्या ठहरिए पनि विस्तृत जाँच अघि बढाइएको छ ।








प्रतिक्रिया