
हेटौंडा । हेटौंडाको गैरीगाउँमा सडक भासिंदा एउटा सवारी साधन जमिनमुनि हराएको छ ।
हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा सडक भासिंएर घाँस काट्ने मेसिन बोकेको ना ४ च नम्बरको माछा बोक्ने बोलेरो पिकअप भ्यान शुक्रबार जमिनमुनि हराएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गाडी भासिंदै गएपछि सडकमै पानीको ठूलो दह बनेको छ ।
जमिनमुनि हराएको बोलेरो पिकअप भ्यानका चालक र सहचालकले भने सकुशल छन ।
‘गाडी जमिनमा धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । तर भएन, डोरीसहितै गाडी जमिनमुनि भासिंयो’, सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’
गाडी डुबेको नजिकै माछापालनका लागि पहिले त्यो स्थानमा बोरिङ खनिएको थियो । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ ।








प्रतिक्रिया