२५०० वाटको स्पिकर राखेर राम्रोसँग सुन्न प्रेम आलेले किन गरे संसदमा आग्रह ?

0
Shares

नेकपा (एकीकृत समाजवादी) सांसद प्रेम आलेले संसदमा बोलेका कुरा तोडमोड गरी समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै सांसद आलेले सोमबारको बैठकमा व्यक्त गरेका विषयहरूलाई सञ्चारमाध्यमहरूले सही रूपमा नबुझी अश्लील रूपमा प्रस्तुत गरेकोप्रति गम्भीर आपत्ति जनाएका हुन्।

उनले भने, ‘हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनी आज प्रकाशित समाचारमा अश्लील शब्द प्रयोग गरेको भनी समाचार सम्प्रेषण गरिएको छ, जसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। जुनसुकै मिडियाबाट समाचार आएको भए पनि सत्यतथ्य बुझेर मात्र सम्प्रेषण गर्न आग्रह गर्दछु।’

सोमबारको बैठकमा आफूले पार्टीको दबाबसँग सम्बन्धित कुरा उठाएको उल्लेख गर्दै आलेले थपे, ‘पार्टीको दबाब झेल्न नसक्दा त्यो मान्छेलाई डिजी बनाइयो भनेर भनेको थिएँ, तर त्यसलाई तोडमोड गरिएको छ । २५०० वाटको स्पिकर राखेर राम्रोसँग सुन्न आग्रह गर्छु।’

उनले सञ्चारमाध्यमहरूलाई संवेदनशीलताका साथ सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।

Skip This