आगलागीमा परी अछाममा १० पसल जलेर नष्ट

84
Shares

धनगढी । अछामको साफेबगर बजारमा शनिबार विहान ३ बजेर ४५ मिनेटमा आगो लाग्दा १० वटा पसल जलेर नष्ट भएको छ ।

साफेबगर बजारस्थित प्रेम खडकाले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । उक्त आगो वरिपरी फैलिंदा अन्य १० वटा पसल जलेर नष्ट भएको छ ।

आगलागीमा परी उक्त बजारमा रहेको कालभैरव जनरल स्टोर, रिभरसाइड नास्ता पसल, ब्युटिपालर, डाक मोबाइल ग्यालरी, कालभैरव सुनचाँदी पसल, रोडसाइड रेष्टुरेन्ट, ईभी काउन्टर एण्ड पसल र शीतल होटल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको छ ।

स्थानीय र प्रहरीको संयुक्त प्रयासमा उक्त आगलागी बिहान ६ बजे नियन्त्रणमा आएको थियो ।