एसएमएल इसुजुको एक मात्र वितरक बन्यो लक्ष्मी ग्रुप

0
Shares

काठमाडौं । एसएमएल इसुजुले नेपालका लागि एक मात्र बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ ।

जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरु निर्माण गर्दै आएको छ ।

नेपाली भूबनोट तथा बजारमा उपयुक्त मानिने एसएमएल इसुजुका सवारीसाधनहरु विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको कम्पनीले दाबी गरेको छ ।

एसएमएल इसुजुको बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रामक बजार विस्तार तथा सुदृढीकरण लागि सदैब तत्पर रहने जनाएको छ ।

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत ७ वर्षदेखि एसएमएल इसुजुका सवारीसाधन बिक्री गर्दै आएको छ ।

हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अझै विस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।

खड्काका अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागि देशैभर स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाएको छ ।

एसएमएल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बसअन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन् ।