रियलमी सी ७५ किन्दा एनसेलको डाटा र निःशुल्क टक टाइम


काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर ‘न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।

टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन्। फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो।

नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ ८+१२८ जिबिको लागि मूल्य ६,९९९ रुपैयाँ र ८+२५६ जिबिको लागि २९,९९९ रुपैयाँ रहेको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ । साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ- वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ हो ।

यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।