
काठमाडौं । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका दुई युवाका परिवारलाई सिधै घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
गुरुङले २० चैतमा आयोजित कार्यक्रममा पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए। सोही घोषणा अनुसार उनले आज दुबै परिवारको घरमा पुगेर सहयोग रकम दिएका हुन्।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार, गुरुङले रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
साथै, सविन महर्जनकी श्रीमतीलाई भाटभटेनीमा रोजगारी दिने व्यवस्था मिलाउने समेत जानकारी पौडेलले बताए । । ‘उहाँले १२ कक्षा उत्तीर्ण गर्नुभएको रहेछ। उहाँको क्षमता र रुचिअनुसार उपयुक्त स्थानमा काम मिलाइदिने कुरामा छलफल भएको छ,’ पौडेलले भने।








प्रतिक्रिया