
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परम्परागत रुपमा तयार पारिने मस्यौंंराको मापदण्ड तयार पारेको छ ।
विभागले मस्यौंरासम्बन्धि तयार पारेको स्वच्छता तथा गुणस्तरसम्बन्धि मापदण्ड खाद्य स्वच्छता तथा गुणस्तर सिफारिश समितिले स्वीकृत गर्ने निर्णय गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिब डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा रहेको उक्त समितिको आइतबार बसेको बैठकले मस्यौंदाको मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको हो । स्वीकृत भएको उक्त मापदण्ड राजपत्रमा प्रकाशित गर्न अब मन्त्रालयमा सिफारिश गरिनेछ ।
यस्तै उक्त समितिले रोल्ड ओट्सको परिमार्जनसहित तयार भएको मापदण्ड स्वीकृत गरेको छ । यो मापदण्ड पनि राजपत्रमा प्रकाशित गर्न मन्त्रालयमा सिफारिश गर्ने समितिले निर्णय गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
प्रतिक्रिया