पोखराले काठमाडौंलाई दियो १३९ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत छैटौं खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनायो ।
पोखराका लागि रेइमोन रेफरले सर्वाधिक ४१ रन बनाए । त्यस्तै दिलिप नाथले २७ रन बनाउँदा दिनेश खरेलले ३८ रन बनाए ।
पोखराका लागि करण केसी र राशिद खानले ३–३ विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुबै टोली प्लेअफको सम्भावना बलियो बनाइराख्ने योजनामा छन् । काठमाडौं लिगमा ५ खेलबाट ४ अंक सहित तालिकाको पुधरबाट तेस्रो स्थानमा हुँदा समान अंक भएको पोखरा तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।