डोनाल्ड ट्रम्प दोस्रोपटक बने ‘टाइम वर्ष व्यक्ति’
एजेन्सी । हरेक वर्ष ‘टाइम वर्ष व्यक्ति’ घोषणा गर्दै आएको अमेरिकाको प्रसिद्ध म्यागेजिन टाइम म्यागजिनले यस वर्ष भने अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको नाम घोषणा गरेको छ । यससँगै ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति छानिएका हुन् ।
यसअघि २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि वर्ष व्यक्ति बनेका ट्रम्प हाल दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषित भएका हुन् ।
अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि ट्रम्पलाई वर्ष व्यक्ति छनोट गरिएको टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले बताएका छन् । सामान्यतया हरेक वर्ष विश्वभर चर्चामा छाइरहने वा समाचारको केन्द्रमा भइरहने प्रभावशाली व्यक्तिलाई टाइम म्यागेजिनले वर्ष व्यक्ति बनाउने गरेको छ ।
यस वर्ष भने अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससहित अमेरिकी उद्यमी एलन मस्क र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतका व्यक्तिहरुको नाम सूचीमा रहे पनि टाइम म्यागेजिनले ट्रम्पको नाम घोषणा गरेको हो ।
त्यसो त यसअघि पनि थुप्रै अमेरिकी राष्ट्रपतिहरु टाइम म्यागेजिनको वर्ष व्यक्ति बनिसकेका छन् । तर ट्रम्प मात्रै त्यस्तो व्यक्ति हुन् जो दोस्रो पटक पनि वर्ष व्यक्ति घोषित भए ।
यसपटक टाइम म्यागेजिनले ट्रम्पले आश्चर्यजनक पुनरागमन गर्दै अमेरिकी मतदाताहरुलाई सक्रिय बनाएको जनाएको छ । यस्तै ट्रम्पले विभिन्न रुपमा इतिहास रचेको भन्दै टाइमले उनको विवरणमा उल्लेख गरेको छ ।