कर्णालीविरुद्ध टस जितेर पहिलो फिल्डिङ गर्दै विराटनगर

91
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगमा आफ्नो चौथो खेलमा बिराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। कर्णाली र बिराटनगर दुबै आफ्नो चौंथो खेलमा जित निकाल्ने लक्ष्यमा छन्।

दुबै टिमले समान १-१ जित निकालेका छन्। विराटनगरले सुरुवाती दुई खेल हारेर तेस्रो खेलमा जित निकालेको थियो। बिराटनगर जनकपुर र सुदुरपश्चिमसँग हार्दा लुम्बिनीलाई हराउन सफल भएको थियो।

कर्णालीले पनि सुरुवाती दुई खेल गुमाएर तेस्रो खेलमै जित निकालेको थियो। पहिलो खेलमा जनकपुरसँग हारेको कर्णाली दोस्रो खेलमा काठमाडौंसँग पराजित भएको थियो।

तर तेस्रो खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो। प्लेअफका लागि समेत अबका खेलहरु महत्वपूर्ण हुने भएकाले दुबै टिम यो खेलमा जित निकाल्ने लक्ष्यमा मैदानमा छन्।

Skip This