सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ८८ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनायो। टियू मैदान कीर्तिपुरमा जारी सुदूरपश्चिमका ओपनर साइफ जाइबले सर्वाधिक ९० रन बनाउँदा उनले ६१ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरेका थिए।

त्यस्तै विनोद भण्डारीले १७ रन बनाए भने ब्रान्डन म्याकमुलनले २३ रनको स्कोर तयार गरेका थिए।

सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे।

त्यस्तै स्कट कुगेलिङ्गले ११ रन बनाएर उनलाई साथ दिएका थिए। लुम्बिनीका लागि रामोन सिमोन्डले २ विकेट लिंदा रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए।


क्लिकमान्डु