एनपीएलको एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले अनलाइन टिकट खुलायो
काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महा उत्सव, ‘द फेस्टिभल अफ हिमालयज’ नेपाल प्रिमियर लिग (एनपीए)को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।
यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबै पक्षहरू विश्वस्त छन् ।
क्रिकेटप्रेमी फ्यानहरूको उत्साह चरम विन्दुमा छ भने उनीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्नसक्ने भएका छन्। केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् ।
अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन्। पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रतिदिन साधारण टिकटको मूल्य ३सय साथै भिआइपी टिकटको मूल्य ५ सय तोकिएको छ भने । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुस्ट सिजन पास पनि लिई सक्नेछन् ।
यसका लागि साधारणको मूल्य ४ हजार ४ सय ८० र भिआइपी टिकटको मूल्य ८ हजार २ सय ४० रुपैयाँ तिर्नुपर्ने हुन्छ । मंसिर १५ बाट टियु अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन लागेको एनपीएलमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ।
यसैबीच क्यानका सचिव नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले एनपीएलमा टिकटिङ पार्टनरको रूपमा खल्तीलाई पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । ‘नेपाल क्रिकेटलाई विश्वसामु बलियो देखाउने यो अवसरमा सम्पूर्ण फ्यानहरूले, ग्राउन्डमै आएर साथ र सपोर्ट गर्नुहुनेछ भन्ने आशा गर्दछौँ। मंसिरमा १५ मा टियु ग्राउन्डमै भेटौँला,’ उनले भने ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खुसी व्यक्त गर्दै भने, ‘खल्ती र एनपीएलको नयाँ साझेदारी क्रिकेटप्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो। डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र क्रिकेट प्रेमीहरूको चाडपर्व एनपीएलको यस साझेदारीले सबै फ्यानहरूको क्रिकेट फेस्टिभलको यस अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ ।’