एनपीएलका खेलहरु एक्सन स्पोर्ट्समार्फत् युट्युबमा हेर्न सकिने

518
Shares

काठमाडौं । वहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन स्पोर्ट्सले पाएको छ।

डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रसारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।

उक्त सम्झौतासँगै दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। यसका साथै प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।