सिगेरु इसिबा पुन: जापानको प्रधानमन्त्री



एजेन्सी । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेता सिगेरु इसिबा दस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । विपक्षी नेत योसिहीको नोडालाई पराजित गर्दै संसद्‍मा उनले बहुमत पाएका हुन् ।

गत अक्टोबरमा भएको मतदानमा इसिबा र उनको पार्टी एलडीपीले ४ सय ६५ सदस्यीय संसद्‌मा बहुमत गुमाएपछि पुन: संसद्‍बाट समर्थन प्राप्त गर्नुपर्ने थियो । प्रधानमन्त्रीको मतदानको तयारी गर्नुअघि इसिबाले राजीनामा दिएका थिए ।

संसद्‍मा एलडीपी-कोमेटो गठबन्धन २ सय १५ सिटमै सीमित भएको थियो । साथै कुनै नेताले पनि प्रधानमन्त्री बन्नका लागि संसद्‍बाट समर्थन नपाउँदा संसदको विषेश अधिवेशनबाट इसिबा प्रधानमन्त्रीमा चयन भएका हुन् ।

जापानमा झन्डै १५ वर्ष नेतृत्व गरेका सिन्जो आबेको कडा आलोचना गरेपछि प्रधानमन्त्री बनेका इसिबा आफ्नो पार्टी एलडीपीभित्र पनि कडा प्रतिस्पर्धापछि गत अक्टोबरमा सत्तारुढ दलको नेता चयन भएका थिए ।
कार्यार सम्हालेपछि विपक्षी दलहरुको आलोचना र आन्तरिक दबाबका बीच उनले निर्वाचन घोषणा गरेका थिए ।


क्लिकमान्डु