अमेरिकामा को बन्ला राष्ट्रपति, अन्तिम घोषणा हुन कति दिन लाग्छ ?



एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी छ । कयौं राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रोजेक्शनमा जीततर्फ छन् ।

अमेरिकी चुनावमा मतदाताले सिधै राष्ट्रपतिलाई मत दिँदैनन् । यसकारण अमेरिकी चुनावी नतिजा स्पष्ट हुनका लागि समय लाग्छ ।

अमेरिकाकी वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यसपटक चुनाव निकै प्रतिस्पर्धात्मक देखिएको छ । यसकारण कयौं राज्यमा जीतको अन्तर निकै कम हुन सक्ने सम्भावना छ । जसका कारण दोस्रोपटक मतगणनाको आवश्यकता पर्न सक्ने बीबीसीले जनाएको छ ।

यसपटकको मतपरिणाम सुस्त गतिमा आउने सम्भावना छ । किनकी २०२० पछि कयौं अमेरिकी राज्यमा चुनावी प्रक्रियामा कयौं परिवर्तन गरिएको छ ।

मिशिगन जस्तो क्षेत्रमा भोट गणना तिव्रगतिमा भएको छ । साथै कोरोना महामारीमा भएको चुनावको तुलनामा यसपटक निकै कम भोट मेलबाट हालिएको छ । यसको मतलब विजेताको नामको घोषणा चुनावको रात, अर्को विहान या फेरि हप्तौं पछि पनि हुन सक्छ ।

२०२० को राष्ट्रपति चुनावको नतिजा कहिले आएको थियो ?

२०२० को राष्ट्रपति चुनाव तीन नोभेम्बरमा भएको थियो तर अमेरिकी टीभी च्यानले ७ नोभेम्बरको अबेर जो बाइडेनलाई विजेता घोषित गरिएको थिएन ।

मतदानको रात ट्रम्पका समर्थलाई जीतको अपेक्षा थियो तर वास्तवमा दुबै उम्मेदवारले राष्ट्रपति बन्न जरुरी २७० इलेक्टोरल कलेज भोट पाउने सम्भावना थियो।

अधिकांश राज्यमा २४ घण्टा भित्र नै नतिजा घोषणा गरिएको थियो ।

तर पेन्सिल्वेनिया र नेवाडा जस्ता प्रमुख राज्यमा नतिजाको घोषणामा ढिलाइ भएको थियो ।

पेन्सिल्वेनिया आफ्नो १९ इलेक्टोरल भोटका साथ डेमोक्रेट्सकोतर्फ झुकेको देखिएको थियो ।

जीतको घोषणा कहिलेसम्म होला ?

आमरुपमा अमेरिकामा मतदाताले आगामी राष्ट्रपतिको नाम चुनावको रात या अर्को दिनको बिहान पाउँछन् ।

उदाहरणका लागि २०१६ मा जब ट्रम्प पहलो पटक अमेरिकाका राष्ट्रपति बने तब उनी चुनावको अर्को दिन विहान ३ बजेअघि नै विजेता घोषित भएका थिए ।

२०१२ मा जब बाराक ओबामा दोस्रोपटक राष्ट्रपति बनेका थिए त्यतिबेला मतदान सकिएको दिनको मध्यरात अघि नै उनको जीतको अनुमान लगाइएको थियो ।

तर २००० मा जर्ज डब्ल्यू बुश र अलगोरबीच भएको भएको चुनावमा भने यस्तो भएको थिएन ।
यस चुनावमा फ्लोरिडामा दुबै उम्मेदवारबीच कडा टक्कर भएको थियो र १२ डिसेम्बरसम्म विजेताको नाम घोषणा गरिएको थिएन ।

यसपछि अमेरिकी सर्वोच्च अदालतले राज्यमा दोस्रो पटक भोटको गणना रोक्ने निर्णय सुनाएको थियो र बुशलाई विजेता घोषित गरिएको थियो ।

यी प्रमुख राज्यमा नजर

चुनावमा जीतको फैसला ७ स्विङ राज्यले गर्ने छ । यी स्विङ राज्यमा एरिजोना, जर्जिया, मिशिगन, नेवादा, उत्तरी कैरलाइना, पेन्सिल्वेनिया र विस्कन्सिन हुन्।

ट्रम्पले स्विङ स्टेट मध्येको एक नर्थ क्यारोलाइनामा जीत दर्ता गरेका छन् । यो अमेरिकाको ७ स्विङ स्टेट्समध्ये एक हो ।

स्विङ स्टेट अर्थात ती राज्य जहाँ चुनावमा हार या जीत निर्धारणको नजिक हुन्छन् ।

नर्थ क्यारलाइनको सबै १६ इलेक्टोरल भोट अब रिपब्लिकन पार्टीको भएको छ । अमेरिकामा कुल ५३८ इलेक्टोरल भोट हुन्छ, जसमा जितका लागि २७० भोट आवश्यक पर्छ ।

अधिकांश स्विङ स्टेट्सको नतिजा आउन अहिले बाँकी छ । पेन्सिलवेनिया, मिशिगन र विस्कन्सिनमा कमला ह्यारिसको जीतको अनुमान गरिएको छ ।


क्लिकमान्डु