३ महिनामा २ अर्बको कार्पेट अमेरिका निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा झण्डै २ अर्ब रुपैयाँ बराबरको विभिन्न प्रकारका कार्पेट अमेरिकामा निर्यात भएको छ ।

अमेरिकामा मात्रै १ अब ८३ करोड ६२ हजार रुपैयाँबराबरको ५४ हजार ३ सय ४९ क्वायर मिटर कार्पेट निर्यात भएको छ ।

यस्तै भारतमा १ अर्ब ६३ करोड ८ लाख रुपैयाँबराबरको ६२ लाख ६१ हजार ३ सय ७६ किलो कालो चिया निर्यात भएको छ भने १ अर्ब २८ करोड ५३ लाख रुपैयाँबराबरको पोलिस्टर सिंगल यार्न भारतमा निर्यात भएको छ ।

१ अर्ब २६ करोड २१ लाख रुपैयाँबराबरको ठूलो अलैंची भारतमा निर्यात भएको छ । त्यस्तै विभिन्न प्रकारका जुस १ अर्ब २५ करोड ३७ लाख रुपैयाँबराबरको भारतमा निर्यात भएको छ ।


क्लिकमान्डु