अखाद्य रङ लगाएको १२ हजार किलो दाल भारत फिर्ता पठाइँदै



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य मासको दाल भारत फिर्ता पठाउन लागेको छ। अखाद्य रङ लगाएको १२ हजार किलो मासको दाल भारतमै फिर्ता पठाउन लागिएको हो ।

विभागले अखाद्य रङले रंगाइएको १२ हजार किलो मासको दाल भारत फिर्ता पठाउन लागेको जनाएको छ । अर्थात् १ केजीको २३० रुपैयाँका दरले करिब २८ लाख ६० हजार रुपैयाँ बराबरको दाल फिर्ता पठाउन लागिएको हो ।

विभागका प्रवक्ता मोहन महर्जनका अनुसार नेपालगञ्ज भन्सार नाकामार्फत नेपालगञ्ज आयात भएको उक्त दाल खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगञ्जले परीक्षण गर्दा अखाद्य अवस्थामा भेटिएको थियो ।

परीक्षण गर्दा दालमा कोल टार डाई भन्ने रंगको संयोजन भेटिएको थियो । मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा भेटिएपछि उक्त दाल भारत फिर्ता पठाउन लागिएको विभागले जनाएको छ ।


क्लिकमान्डु