इजरायलले भन्यो: हमासका नेता सिनवार सैन्य कारवाहीमा मारिए



एजेन्सी । इजरायली आक्रमणबाट हमासका शीर्ष नेता याह्या सिनवार मारिएका छन् । इजरायलका विदेशमन्त्रीले उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।

गाजामा बिहीबार इजरायली सैनिकको कारबाहीमा उनी मारिएको इजरायलले जनाएको छ । गत वर्ष मात्रै उनलाई ७ अक्टोबरको आक्रमणको योजनाकारको रुपमा व्याख्या गरिएको थियो ।

यद्यपि हमासको तर्फबाट यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन । गाजामा हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीका अनुसार उत्तरी गाजामा एक स्कुलको भवनमा भएको हमलामा २२ जना मारिएका थिए ।

याह्या सिनवर गाजा क्षेत्रमा हमासको सियासी शाखाका नेता हुन् । र उनी इजरायलको मोस्ट वान्टेड व्यक्तिहरुमध्ये एक हुन् ।

इजरायल ७ अक्टोबर २०२३ लाई आफ्नो दक्षिणी क्षेत्रमा आक्रमणका लागि हमासका अरु नेताहरुसहित सिनवारलाई पनि एक जिम्मेवार मान्दै आएको छ ।


क्लिकमान्डु