सानिमा बैंकलाई ‘आइएसओ २७००१’ प्रमाण



काठमाडौं । सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । बैंकले ग्राहकलाई सूचना तथा प्रविधिमा आधारित रहेर सेवा प्रवाह दिएकोमा आइएसओ २७००१:२०२२ प्राप्त गरेको जनाएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ । बैंकले जारी गरेको विज्ञप्तिमा ग्राहकका सूचना तथा तथ्यांकको सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको र प्रमाणीकरणले थप जिम्मेवार बनाएको पनि उल्लेख छ ।

यसवाहेक बैंकले सूचना प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डका आधार व्यवस्थापन गर्दै आएको पनि उल्लेख गरेको छ । र यो मूल्यांकन एएमटीआईभीओ समूहले गरेको बताइएको छ ।

बैंकले अनलाइन बैंकिङ सेवासहित सातै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम नेटवर्कमार्फत् ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दैआएको छ ।


क्लिकमान्डु