सेबोनले नियमन गर्न नसके अहिले सहकारीमा देखिए जस्तो समस्या पूँजी बजारमा देखिन्छः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धितोपत्र बोर्डले बजारको उचित नियमन गर्न नसके अहिले सहकारी क्षेत्रमा देखिएको जस्तै समस्या भोलीका दिनमा पूँजी बजारमा समेत देखिने बताएका छन् ।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आयोजना गरेको फुटसल कार्यक्रममा यस्तो बताएका हुन् ।
महामन्त्री थापाले धितोपत्र सम्बन्धि ऐन अहिले सदनमा संशोधनका क्रममा रहेको र ऐन संशोधनबाट समेत धितोपत्र बजारको जटिलताहरु संशोधन हुनेमा शंका रहेको बताए । उनले ऐनमा नेपाली कांग्रेसका आफू लगायत अन्य सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएको समेत बताए ।
वान ट्रफी, वान मार्केट, वान फेमेली भन्ने नाराका साथ संचालन गरिएको प्रतियोगितामा, धितोपत्र बजारमा आवद्ध संस्थाका ३१ पुरुष र ९ महिला टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने पुरुष टोलीलाई १ लाख र महिला टोलीलाई ६० हजार नगद पुरस्कार रहेको छ ।