सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् ।

२०६४ सालमा बैंकको स्थापनादेखि नै सिटिजन्स बैंकमा आबद्ध रहेका उनी बैंकको सूचना अधिकारीका अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका थिए ।

हालै सूचना अधिकारीमा नियुक्त भएका उनीसँग २० वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन्।

उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेसन विभागसमेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु