सिजी डिजिटलमा सानिमा बैंकको छुट



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ क्युआर स्कयान मार्फत सजी डिजिटल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुट हुन्छ ।

साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी ईएमआईमा परिणत गर्दा १ हजार रुपैयाँ बराबरको क्यास्यब्याकको व्यवस्था पनि गरएको छ । क्यासब्याक न्यूनतम ३० हजारको कारोबारमा प्रदान गरिनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु संचालनमा रहेका छन् ।


क्लिकमान्डु