रुकुम पश्चिममा खोलाले बगाएर दुई जनाको मृत्यु



काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित रम्मा खोलाको बाढीले बगाएर दुई जना स्थानीयको मृत्यु भएको छ । मुसिकोट वडा नं ६ की ० वर्षीया निर्मला केसी थापा र वडा नं ७ का ५० वर्षय सर्जन पुनलाई खोलाले बगाएको छ ।

मोटरसाइकलसहित खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खोलाले उनीहरु चढेको रा ६ प २९६१ नम्बरको मोटरसाइकललाई पनि बगाएको छ । दुबै जनाको शव प्रहरीले सोमबार बिहान उनीहरु खोला तरेको ठाउँभन्दा केही तल फेला पारेको थियो ।

सर्जनको शव खोला तरेको ठाउँभन्दा २० मिटर तल भेटिएको थियो भने निर्मलाको शव ३ सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ । दुबै जनाको शव अहिले प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगेको छ ।


क्लिकमान्डु