रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा



काठमाडौं । विदेशबाट आउने रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती ५ अर्ब ८७ करोडले घाटामा गएको छ । देशबाट बाहिरिने र भित्रने रकम अन्तरलाई शोधनान्तरको रुपमा बुझिन्छ ।

नेपालको निर्यात व्यापार निरन्तर खस्कदो क्रममा छ । देशलाई धान्ने मुख्य स्रोत रेमिटेन्स भदौ महिनासम्ममा ०.७७ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब रुपैयाँको रेमिटेन्स भित्रिएको छ ।

यो पटक दशैं असोजको पहिलो साता परेको हुँदा रेमिटेन्सको बृद्धिदर भदौमा बढ्नुपर्ने थियो । रेमिटेन्स बृद्धिदरमा आएको कमी तथा उच्च आयातको कारण चालु खाता १७ अर्बले घाटामा गएको छ ।

भदौ महिनासम्ममा नेपालले निर्यात गरेर जम्मा १३ अर्ब ५८ करोड देशमा भित्राएको छ । देशमा उपभोग गर्दा मात्र १ खर्ब ६५ अर्ब रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तुलनामा आयात ११ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु